बिर्तामोड । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना दुई जना शेयर सदस्यको असामयिक निधनप्रति शोक व्यक्त गर्दै परिवारजनलाई काजकिरिया खर्चसहित कर्जा मिनाहाको पत्र प्रदान गरेको छ । हाम्रो नेपाल साकोसका शेयर सदस्य मेचीनगर १३ चारआली निवासी धर्मेन्द्र राजवंशीको परिवारजनलाई दुई लाख रुपैयाँ कर्जा मिनाहाको पत्र प्रदान गरिएको हो । स्वर्गीय राजवंशीले २०७७ भदौ…