मेचीनगर । दोस्रो जनआन्दोलन २०६२/०६३ का बेला चन्द्रगढीमा भएको सबैभन्दा ठूलो जनप्रदर्शनमा साहसिक भूमिका निर्वाह गर्नुभएका लोकतान्त्रिक योद्धा भीम नेपाल अब रहनुभएन । प्यारालाइसिससँग लामो समयदेखि संघर्ष गरिरहनु भएका उनको ६२ वर्षको उमेरमा मेचीनगर–१० धुलावारीस्थित निजी निवासमा शनिवार राति निधन भयो । उनले नेपालको लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदान सदैव सम्झिरहन लायक छ ।…