झापामा बुधबारदेखि कोरोनाविरुद्धको खोप लगाइने

विर्तामोड । झापामा पहिलो चरणमा नौ हजार व्यक्तिलाई कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप ‘कोभिसिल्ड’ लगाइने स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यसका लागि आवश्यक तयारी पुरा भएको फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । बुधबार (भोली) देखि झापामा खोप लगाइने छ । जिल्लामा पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव वाहनका चालक, महिला स्वाथ्य स्वयम्सेविका…