विर्तामोड । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज बडादशैँका रुपमा दुर्गाभवानीको विशेष पूजा–आराधना गरी मनाइँदै छ । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा–आराधना गरिन्छ । महाष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व छ । आजको दिन शास्त्रसम्मत रुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा…