सबै कागजात उपलब्ध गराउँदा पनि नागरिकता दिइएन

पाँचथर - पाँचथरको हिलिहाङ ६ जोरपोखरी बस्ने योगराज राईको नागरिकताको प्रमाणपत्र हराएको एक वर्ष भयो । गत वर्ष काठमाडौँको कोटेश्वरमा पकेटमारले आफ्नो  सक्कल नागरिकताको प्रमाणपत्र सहितको पर्स चोरेको उनले बताए ।सक्कल नागरिकताको प्रति हराएपछि प्रतिलिपि बनाउनका लागि जिल्ला प्रशासन कार्यालय धाएको एक हप्ता बित्दा पनि  उनले प्रतिलिपि पाएनन्।  प्रतिलिपिका लागि पुरानै नागरिकताको प्रतिलिपि, अनुसूचिबमोजिम  भरेको…