काठमाडौँ–तराई/मधेस द्रुत मार्ग : सुरुङ खण्डका लागि दुई कम्पनी छनोट

उचप्रसाद यादव काठमाडौँ । काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा पर्ने तीन खण्डको सुरुङमार्गसँगै ‘हाई ब्रिज’ निर्माणका लागि दुईवटा चिनियाँ कम्पनी सङ्क्षिप्त सूचीमा छनोट भएका छन् ।नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले पहिलो चरणको सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र पोली चग्डा इन्जिनियरिङ कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत भएको जानकारी दिनुभयो । सूचीकृत भएका कम्पनी चीनकै उत्कृष्ट १० निर्माण कम्पनीमध्येका…