पशुपतिनगर । इलामको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बढेसँगै सीमा क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ भएको छ । नेपाली प्रशासनको उपस्थिति नै नभएका क्षेत्रमा सरकारले सशस्त्र प्रहरीको स्थायी सीमासुरक्षा पोष्ट स्थापना गरेपछि सुरक्षा व्यवस्था सुदृढ भएको हो । एक वर्षअघि सूर्योदय नगरपालिका–२ स्थित पशुपतिनगरमा सशस्त्र प्रहरीको पहिलो सीमासुरक्षा पोष्ट स्थापना गरिएको थियो । पशुपतिनगरमा सीमाक्षेत्रको…