झापा । पूर्वी नेपालको चन्द्रगढी विमानस्थलबाट यति एयर र बुद्ध एयरका दुई जहाजले आज ६ महिनापछि भद्रपुर–काठमाडौँ उडान भरेका छन् । विमानस्थलका प्रमुख मुरारी पौडेलले आज १२ बजेतिर बुद्ध एयरले ६५ जना र १२ः४५ बजे यति एयरले ६८ जना यात्रु बोकेर चन्द्रगढी विमानस्थलबाट काठमाडौँका लागि प्रस्थान गरेको जानकारी दिए । कोभिड–१९ का कारण गत चैत…