भारत-पाकिस्तान गोलाबारीमा नेपाली गोर्खा सैनिकको निधन

काठमाडौं, ९ असार । पाकिस्तानी सेनाले गरेको गोलाबारीमा एक नेपाली गोर्खा सैनिकको ज्यान गएको छ । गुल्मी जिल्ला छत्रकोट गाउँपालिका–५, खर्ज्याङ घर भएका भारतीय सेनाका गोर्खा जवान दीपक कार्की पाकिस्तानको गोलाबारीमा मारिएका हुन् । सोमबार बिहान ५ः३० बजे पाकिस्तानी सेनाले गरेको गोलाबारीमा उनी गम्भीर घाइते भएका थिए । केही घण्टापछि उनको मृत्यु भएको जनाइएको छ…