आजबाट रमजान सुरु, घरैमा नमाज पढ्न आह्वान

झापा । इस्लाम धर्मालम्बीहरूको मुख्यपर्व रमजान आज (शनिबार) बाट सुरु भएको छ। कोरोनाभाइरस जोखिमका कारण यो वर्ष घरैमा बसेर कुरान पढ्न राष्ट्रिय मुस्लिम आयोगले आह्वान गरेको छ। मुस्लिम संस्कारअनुसार आफ्नो नियमित काम सकेर एक महिनासम्म दिउसो मस्जिदमा गएर नमाज पढ्ने गरिन्छ। तर, यो वर्ष घरैमा नमाज पढ्न आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आग्रह गरेका छन्।…