पूर्वाञ्चल गोल्डकप आयोजक जायोन क्लवले दिएन विजेतालाई १८ लाख ७५ हजार, एन्फामा उजुरी

प्रदीप परियार बिर्तामोड । अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप २०७६ सकिएको ४ महिना बितेको छ । तर, त्यस गोल्डकपको उपाधि विजेता त्रिभूवन आर्मी क्लव र उपविजेता चर्च ब्वाइज युनाइटेड काठमाडौंले अझै पुरस्कार वापतको रकम पाएका छैनन् । प्रतियोगिता आयोजना गर्ने जायोन क्लवले उपाधि विजेतालाई १२ लाख ५० हजार र उपविजेतालाई ६ लाख २५ हजार नगद पुरस्कार…