अनेरास्ववियुको २४औं महाधिवेशन आजबाट

काठमाडौं, २५ जेठ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन आजबाट सुरू हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा हुनेछ । तीन दिनसम्म चल्ने महाधिवेशनको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । महाधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, चार सचिवसहित १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।…