एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता सम्पन्न

काठमाडौँ, ४ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सम्पन्न भएको छ । ललितपुर च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा उहाँहरुबीच ‘वान टू वान’ भेटवार्ता भएको हो । भेटवार्तापछि पूर्वराष्ट्रपति भण्डारीले पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीसँग राष्ट्रिय राजनीतिक विषयवस्तुमाथि छलफल भएको जानकारी दिनुभयो…