पार्टीलाई कमजोर बनाउने गरी शुरु भएको चर्चा र टिप्पणीप्रति सचेत बन्न आग्रह

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने सङ्गठनात्मक प्रतिवेदनको तयारीका सन्दर्भमा प्रदेश र जिल्ला कमिटीहरूलाई असारमसान्तभित्र लिखित प्रतिवेदन पठाउन निर्देशन दिनुभएको छ । पार्टीका कोशी र मधेश प्रदेशमा पार्टीबाट तोकिनुभएका इन्चार्जहरू, प्रदेश कमिटीका अध्यक्ष तथा अन्तर्गतका जिल्ला कमिटीका अध्यक्ष र पदाधिकारीहरूसँगको बैठकलाई केन्द्रीय कार्यालयबाट भर्चुअल सम्बोधन गर्दै महासचिव पोखरेलले…