बिर्तामोड। नेपाल सुनचाँदी व्यवसायी संघका कोषाध्यक्ष तथा मनकामना ज्वेलर्सका सञ्चालक अभिशेक गहतराजले आफ्नो जन्मदिनमा गरिने फजुल खर्च परोपकारी काममा लगाएका छन् । उनले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’का लागि रकम सहयोग गरेका हुन् । २१ हजार रुपैयाँ कोष वृद्धिका लागि संघका अध्यक्ष राजु न्यौपानेलाई प्रदान गरेका उनले सबै व्यवसायीको हितका लागि…