विराटनगरमा शोरुम तोडफोड गरेर कार चोरी

काठमाडौं - प्रहरीको अत्यधिक निगरानीमा रहनुपर्ने विराटनगर विमानस्थलनजिकैको क्षेत्रमा शोरुम तोडफोड गरेर कार चोरी भएको छ। शुक्रबार बिहान राति विराटनगर महानगरपालिका-३ एयरपोर्ट मोड दक्षिणको पूजा इन्टरप्राइजेज शोरुम तोडफोड गरी कार चोरी भएको हो। प्रहरीका अनुसार शोरुम ढोकाको सिसा फुटाएर चोरले कारमात्रै नभएर एक थान ल्यापटपसमेत टप्काए। तर, घटना एकै व्यक्तिले घटाउँदा बिहान अबेरसम्म प्रहरीले सुइँको पाएन।…