राजावादीको नाममा पूर्वमण्डलेहरु आक्रमणमा उत्रिए : पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनले नेपालको लोकतान्त्रिक आन्दोलनमा निरन्तर सहयोग पुर्‍याएको बताउनुभएको छ । नेपा कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले दलहरू माथि प्रतिबन्ध लागेको अवस्थामा समेत नेपालमा कम्युनिष्ट पार्टीका नेताहरूले देश भित्रै रहेर लोकतन्त्रको लागि निरन्तर आन्दोलन गरेको स्मरण गराउनुभयो…