इटहरी - इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेका कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । आगो निभाउनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका गरी झण्डै तीन सय सुरक्षाकर्मी परिचालन गरिएको उहाँले…