काठमाडौ - भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘यातायात मार्फत रुपान्तरण’ विषयक अन्तर्राष्ट्रिय मञ्चलाई संवोधन गर्नु भएको छ । अमेरीकाको वासिङ्टन डिसीमा आयोजीत ‘ट्रान्फर्मिङ् ट्रान्सपोर्टेसन’ कार्यक्रमलाई उहाँले संवोधन गर्नु भएको हो । कार्यक्रमलाई संवोधन गर्दै उहाँले नेपाल भौगोलिक रुपमा सानो भए पनि पर्यावरणीय दृष्टिकोणबाट विविधतायुक्त भएको बताउनु भयो । नेपालको पर्यावरणीय विविधतालाई अनुकुलन हुने…