सामुदायिक कुकुरलाई रेविज विरुद्धको खोप

शिवसताक्षी । झापाको शिवसताक्षीमा ९५ वटा सामुदायिक कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको छ । शिवसताक्षी नगरपालिका वडा नं. २ को पशु स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप र बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिएको हो । नगरपालिकाको ‘रेविज रोग नियन्त्रण अभियान’ मार्फत सामुदायिक (छाडा छोडिएका) र घरमा पालिएका समेत ९५ कुकुरलाई बन्ध्याकरणसहित रेविज रोग विरुद्धको खोप लगाइएको हो…