भद्रपुर - दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को पहिलो सेमिफाइनलमा आयोजक भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजार प्रगति सङ्घबीच प्रतिस्पर्धा हुँदैछ । मेची रङ्गशालामा हुने खेल आज अपराह्न ३ः०० बजेदेखि सुरु हुनेछ । गोल्डकपमा आयोजक ब्लेजर्सले विभागीय टोली नेपाल पुलिसलाई पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेको थियो । यसैगरी विदेशी क्लब काउर्न बाजारले न्युरोड…