शनिश्चरे । अर्जुनधारा नगरपालिका –७ स्थित अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालयको ३३ औं बार्षिकोत्सव तथा सावित्रादेवी प्रसाई स्मृति अक्षयकोष छात्रवृत्ति वितरण समारोह सोमबार सम्पन्न भएको छ । प्रमुख अतिथि एवं अर्जुनधारा जलेश्वरधामका अध्यक्ष नवीन गट्टानीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।…