Banner news

सरकार र शिक्षक महासंघबीच वार्ता जारी

सरकार र शिक्षक महासंघबीच वार्ता जारी


काठमाडौँ । सरकार र नेपाल शिक्षक महासंघबीच सिंहदरबारमा वार्ता जारी रहेको छ । शिक्षामन्त्री विद्या भट्टराईकै उपस्थितिमा सुरु भएको वार्ता शिक्षक महासंघबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली सहभागी रहेका जनाइएको छ ।

शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेको छ । उनीहरुले शिक्षकहरुको माग र मुद्दा सम्बोधन भएको शिक्षा ऐनको माग गरिरहेका छन् ।

यसअघि पटक–पटक वार्तामा बोलाउँदा नगएका शिक्षकहरु आज भने वार्तामा गएका हुन् । महासंघले भने यो वार्ता नभई वार्ताको तयारीका लागि छलफलमा सहभागी भएको जनाएको छ ।

शेयर गर्नुहोस :

135
Shares