चाँदनी बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं बार्षिक साधारणसभा

अर्जुनधारा । अर्जुनधारा नगरपालिका – ४ भाङबारी स्थित चाँदनी बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । स्थानीय बिन्ध्याबासिनी सिंहदेवी मन्दिरको श्रवणमा संस्थाद्वारा आज आयोजित साधारणसभाले आर्थिक बर्ष ०८०- ०८१ को बार्षिक लेखापरीक्षण, प्रस्तावित नीति तथा कार्यक्रम र बजेट छलफल र अनुमोदन, विधान तथा विनिमय संशोधन प्रस्तावहरु पारित गर्दै साधारणसभा सम्पन्न भएको…