नवलपुर , १० कात्तिक - विश्व लगानी सप्ताह–२०२४ को अवसर पारेर नेपाल धितोपत्र बोर्ड र जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपुरले लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम गरेका छन् । नेप्से ब्रोकर सनी सक्युरिटिज लिमिटेडसँगको सहकार्यमा नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोटमा आयोजित कार्यक्रममा शेयर बजारमा सुरक्षित लगानी गर्न कसरी गर्ने भन्नेबारे शिक्षा प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल धितोपत्र…