चिल्ड्रेन हस्पिटल तेस्रो वर्षमा

बिर्तामोड । झापको बिर्तामोड–१ मा रहेको झापाको पहिलो बाल अस्पताल ‘बिर्तामोड चिल्ड्रेन हस्पिटल’ ले झापाली पत्रकारहरुबीच आफ्नो तेस्रो स्थापना दिवस मनाएको छ । आफूहरुले दिँदै आएको सेवा सुविधाबारे जानकारी गराउँदै हस्पिटल परिवारले स्थापनाको तेस्रो वर्ष मनाएको हो । बालबालिकाको मात्रै उपचार गर्ने छुट्टै अस्पतालको रुपमा स्थापित हस्पिटल २०७९ असोज १० गतेबाट सुरु भएको थियो ।…