भद्रपुर - झापाको शिवसताक्षी नगरपालिका–८ बाट श्रीमतीको हत्या अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । सामान्य घरायसी विवादमा मंगलवार साँझ आफ्नी ५३ वर्षीया श्रीमती रञ्जना गौतम अधिकारीको हत्या गरेको अभियोगमा ओमप्रकाश अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिनुभयो । घरायसी विवादमा अधिकारीले धारिलो हतियार प्रहार गर्दा निजकी श्रीमतीको घटनास्थलमै मृत्यु…