बिर्तामोड - झापाको बिर्तामोडस्थित होटल हिकोला हेरिटेजले दशौँ वार्षिक उत्सवका अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । होटल परिसरमा सोमबार अन्तरक्रिया गरिएको हो । पर्यटन प्रवर्धनमा हिजो आज र भोलि विषयक अन्तरक्रियामा आन्तरिक तथा बाह्य पर्यटकले झेल्नुपरेका समस्या र चुनौति लगायतका विषयमा चर्चा परिचर्चा गरिएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै पर्यटन कार्यालय झापाका प्रमुख छविलाल…