ढल्यो गण्डकी सरकार

काठमाडौँ - सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत बदर गरेको छ। प्रदेशसभामा अंकगणितलाई नै तोडमोड गरी मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मतविरुद्ध परेको रिटमा सुनवाइ गर्दै सर्वोच्चले विश्वासको मत बदर गरेको हो। न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा रिटको सुनुवाइ भएको थियो। एमालेका अधिकारीले मुख्यमन्त्रीमा ६० को बहुमत ३० हुने भन्दै सभामुख…