छुटेका बालबालिकालाई जेठ १३ देखि पोलियो खोप दिइने

बिर्तामोड । सरकारले आगामी १३ देखि २६ जेठसम्म पोलियो रोगविरुद्धको आईपीभी (इनएक्टिभिटेड पोलियो भ्याक्सिन) खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आगामी असारभित्र यसअघि छुटेका साढे १४ लाखभन्दा बढी बालबालिकाहरुलाई आईपीभी खोप दिने अभियान सञ्चालन गर्ने भएको हो । विसं २०७३ बैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका १४ लाख…