भद्रपुर । जिल्ला प्रशासन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकामा निःशुल्क एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्य पारेर आगामी फागुन ७ गते आयोजना हुने घुम्ती शिविरमा झापास्थित १८ वटा सरकारी कार्यालयले स्थानीयबासीलाई सेवा तथा सुविधा प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए । बुद्धशान्ति–३ स्थित बुद्ध आदर्श माध्यमिक विद्यालयमा…