बिबिसी । विवादित कश्मीर क्षेत्रमा तनाव चर्कँदै गर्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रलाई सम्बोधन गर्दै कश्मीरको विशेष हैसियतसम्बन्धी धारा ३७० को खारेजीको बचाउ गरेका छन् । मोदीले उक्त धाराले कश्मीरलाई कुनै लाभ नदिएको दाबी गरे । उनले भने, “धारा ३७० र ३५ क ले जम्मू – कश्मीरलाई पृथकतावाद आतङ्कवाद परिवारवाद अनि व्यवस्थापनमा ठूलो भ्रष्टाचारबाहेक केही…