धर्म/संस्कृति

त्रास फैलाउँने ज्योतिष पक्राउ

त्रास फैलाउँने ज्योतिष पक्राउ


धरान । जेठमा ठूलो भुकम्प भूकम्प आउने भन्दै जनता आतंकित पारेको आरोपमा प्रहरीले ३६ बर्षीय अर्जुन क्षेत्रीलाई पक्राउ गरेको छ ।


पछिल्लो समय ज्योतिष विज्ञानको नाममा भविष्यबाणी गर्छु भन्दै विभिन्न युट्युव च्यानलहरुको अन्तरवार्तामा दिदै चर्चामा आएका क्षेत्रीले केही दिन यता नेपालमा महाभुकम्प आउँछ भन्दै अन्तरवार्ता दिएकाको भिडियो युट्युवमा आएको थियो ।


उनलाई मंगलवार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । परिसरले उनलाई जनतामा त्रास र भ्रम फैलाएको आरोपमा प्रक्राउ गरेको हो ।

शेयर गर्नुहोस :

0
Shares