भद्रपुर । झापा भद्रपुरमा रहेको मेची बहुमुखी क्याम्पसमा ११ वटा संगठनले दर्ता गराएका छन् । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनका लागि ११ वटा संगठन दर्ता भएको क्याम्पस प्रशासनले जनाएको छ ।

क्याम्पसमा गौरव लुईटेलको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन, एरिका थापा प्रमुख रहेको अखिल क्रान्तिकारी , स्वस्तिका लामाको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन , अम्बिर अधिकारीको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन , हेमराज गौतमको स्वतन्त्र विद्यार्थी कल्याण परिषद , चन्दनकुमार महतोको नेपाल विद्यार्थी संघ (स्वतन्त्र), कुशल महतको नेपाल विद्यार्थी संघ, दिक्षा कडरियाको अखिल नेपाल विद्यार्थी यूनियन (समाजवादी) , किशोर ढुंगानाको नेपाल विद्यार्थी संघ , रोजन चापागाँईको स्वतन्त्र विद्यार्थी जनहित संघ र निशान दर्नालको मेची विद्यार्थी यूनियनले दर्ता गराएको मेची बहुमुखी क्याम्पस स्ववियू निर्वाचन समितिका निर्वाचन अधिकृत डमरप्रसाद रेग्मीले जानकारी दिए ।
निर्वाचन कार्यक्रमअनुसार २१ फागुनमा मतदाता सूची प्रकाशित, २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध र छानबिनको कार्यतालिका छ । झापाका १३ वटा क्याम्पसहरुमा स्ववियू निर्वाचन हुन लागेको हो । मेची क्याम्पसमा ३ हजार ४ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।
भद्रपुरस्थित मेची बहुमुखी क्याम्पस र गौरादह कृषि क्याम्पस गरी दुई आंगिकसहित झापामा १३ वटा क्याम्पसमा स्ववियू निर्वाचन हुन गइरहेको छ ।







प्रतिक्रिया