Banner news

बालेन साहको तीन वर्षे कार्यकाल असफलतामै बित्यो : महेश बस्नेत

बालेन साहको तीन वर्षे कार्यकाल असफलतामै बित्यो : महेश बस्नेत


काठमाडौं, पुस २८ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कार्यकाल र पछिल्लो राजनीतिक अभिव्यक्तिमाथि आलोचनात्मक टिप्पणी गर्नुभएको छ । ठुलो प्रतिबद्धता बाँडेर मेयर बने पनि धेरै वाचा अधुरा रहँदा बालेन साहको तीन वर्षे कार्यकाल असफलतामै बितेको उहाँको धारणा छ ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सचिव बस्नेतले बालेन साह निर्माणभन्दा ध्वंसमा केन्द्रित छविका रूपमा स्थापित भएको उल्लेख गर्नुभएको छ । यस्तो पृष्ठभूमिमा प्रधानमन्त्री बन्ने दाबी गर्नु राजनीतिक हतारो भएको उहाँको भनाइ छ ।

बस्नेतका अनुसार सुशासन र विकास लोकप्रियता वा भाइरलताबाट होइन, ठोस परिणामबाट मापन हुन्छ । ‘निर्माणभन्दा ध्वंसमा केन्द्रित छवि बिच आज प्रधानमन्त्रीको दाबी गर्नु राजनीतिक हतारो हो, सुशासन र विकास लोकप्रियताले होइन, परिणामले मापन हुन्छ, त्यसैले उनको राष्ट्रिय सत्ता दाबीले एउटा प्रश्न उठाउँछ, राजनीतिमा भाइरल हुन होइन, परिणाम दिन सक्नुपर्छ’, उहाँले लेख्नुभएको छ ।

बालेन साहको राष्ट्रिय सत्ता दाबीले गम्भीर प्रश्न उठाएको उहाँको टिप्पणी छ ।

शेयर गर्नुहोस :

108
Shares