मुख्य समाचार

उम्मेद्वारी दर्ताका लागि अध्यक्ष ओली आज दमक आउँदै, आजै क्षेत्रगत भेटघाट

उम्मेद्वारी दर्ताका लागि अध्यक्ष ओली आज दमक आउँदै, आजै क्षेत्रगत भेटघाट


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट उम्मेद्वारी मनोनयनका लागि आज झापा आउँदै हुनुहुन्छ ।
झापा क्षेत्र नं ५ बाट उम्मेद्वारी दर्ताका लागि आज विहान १०: २५ को जहाजबाट उहाँ भद्रपुर अवतरण गर्ने कार्यक्रम रहेको छ ।

पार्टी झापाका सचिव तुलसी कार्कीका अनुसार भद्रपुरमै क्षेत्र नं १ का नेता कार्यकर्तासँग अध्यक्ष ओलीले केहीबेर क्ष्ँेत्रको पछिल्लो अवस्थाका बारेमा जानकारी लिनुहुनेछ । यसैगरी ३ नं क्षेत्रका बारेमा पनि उहाँले भद्रपुरमै जानकारी लिने कार्कीले बताउनुभयो ।

क्षेत्र नं २ का बारेमा अध्यक्ष ओलीले विर्तामोडमा जानकारी लिने कार्यक्रम छ । क्षेत्र नं ४ को निर्वाचन तयारीका सन्दर्भमा सुरुंगामा जानकारी लिनुहुनेछ । आफ्नो निर्वाचन क्षेत्र दमक ५ का नेता कार्यकर्तासँग दमक मै भेटघाट गर्ने कार्कीले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले जेन जी विध्वंसका बेला जलाइएको आफ्नो दमक स्थित निवासमा पनि जाने तयारी रहेको एमालेले जनाएको छ ।

शेयर गर्नुहोस :

135
Shares