बिर्तामोड । झापा क्षेत्र नं ३ का एमाले नेता कार्यकर्ता र शुभेच्छुकहरुले सुर्य चिह्नमा मतदान गर्न पाउने खवरले उत्साहित भएका छन् । सो क्षेत्रमा एमालेले आफ्नै पार्टीको उम्मेदवार पाउने निश्चित भएपछि खुशी व्यक्त गरेका हुन् ।
नेकपा एमालेले सालिन व्यक्तित्व हरि बहादुर राजवंशीलाई उम्मेदवार बनाउने खवरले सो क्षेत्रका शुभेच्छुकहरुलाई उत्साहित बनाएको छ ।

संविधानसभा सदस्य राजवंशी सामाजिक रुपमा स्थापित व्यक्तित्व हुन् । उनी विवादरहित छवि भएका नेताका रुपमा चिनिएका छन् । पटक–पटक राप्रपालाई सहयोग गर्दै आएको एमालेले यो निर्वाचनमा आफ्नै उम्मेदवार तयार गरेको हो ।
एमाले नेता बसन्त बानियाँ सामाजिक सञ्जालमा लेख्छन् , ‘अत्यन्तै खुशी लागेको छ, आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि १२ बर्ष पछि झापा क्षेत्र नं ३ मा हामीले सुर्य चिह्न बाहक उम्मेदवार प्राप्त गरेका छौं । १२ बर्षको कठोर बनबासपछि रामले राज्यभिषेक गरेको रामायण राम कथामा पढेको थिए ।
१२ बर्षपछि हामीले एक इमानदार, सालिन अनि योग्य, सादा जीवनशैलीमा रमाउने, पूर्व संविधानसभा सदस्य तथा नेकपा एमाले पूर्व केन्द्रीय सदस्य , यहाँका धर्ती पुत्र, आदरणीय हरिबहादुर राजवंशीलाई यस क्षेत्रको उम्मेदवार पाएकोमा गौरबका साथ उहाँलाई हार्दिक बधाई अनि बिजयको अग्रिम शुभकामना ब्यक्त गर्दछु ।’
उम्मेदवार चयनका सन्दर्भमा झापा ३ खाली राखेपछि सो क्षेत्रका नेता कार्यकर्ताहरुले असन्तुष्ट व्यक्त गरेका थिए । उनीहरुले आफ्नो उम्मेदवार पाएपछि विजयी गरेर देखाउने प्रतिक्रिया व्यक्त गरिरहेका छन् ।







प्रतिक्रिया