आर्थिक

सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो


बिर्तामोड । आज पनि सुनचाँदीको भाउ बढेको छ । हिजोको तुलनामा आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन तोलामा २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेकोमा आज १३ सय रुपैयाँले बढेर तोलामा ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको हो ।

साथै चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको छ । हिजो ४ हजार ९ सय ९५ मा कारोबार भएको चाँदीको भाउ आज ५० रुपैयाँले बढेर तोलाको ५ हजार ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

शेयर गर्नुहोस :

81
Shares