Banner news

झापामा अवैध रूपमा भारततर्फ लैजान लागिएको ८ लाख बराबरको स्याउ बरामद

झापामा अवैध रूपमा भारततर्फ लैजान लागिएको ८ लाख बराबरको स्याउ बरामद


झापा । झापामा अवैध रूपमा लुकाई छिपाई भारततर्फ लैजान लागिएको ठूलो परिमाणको स्याउ प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरेको छ । झापा गाउँपालिका–१, सालमारास्थित जालिम मियाँको घरमा स्याउ भण्डारण गरी राखिएको भन्ने विशेष सूचनाका आधारमा सुरक्षाकर्मीले उक्त स्याउ बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. टाघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको संयुक्त सुरक्षा टोलीले आज दिउँसो साढे १२ बजेको समयमा उक्त घरमा छापा मारेको थियो । खानतलासीका क्रममा बिल बिजक नभएको १०४ कार्टुन (२०८० केजी) स्याउ फेला परेको छ । बरामद गरिएको स्याउको बजार मूल्य करिब आठ लाख चालिस हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।

अवैध रूपमा भारत निकासी गर्ने उद्देश्यले भण्डारण गरी राखिएको सो स्याउ नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ । बरामद गरिएको स्याउलाई थप कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

शेयर गर्नुहोस :

135
Shares