काठमाडौं, मङ्सिर २२ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक अधिकारीले कोभिडविरुद्धका खोपले नयाँ भेरिएन्ट ओमिक्रोनसँग लड्न सक्षम भएको बताएका छन् । दक्षिण अफ्रिकाको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ भेरिएन्टले फाइजर खोपलाई आंशिक रूपमा छल्न सक्ने देखिएपछि डब्ल्यूएचओका डा. माइक रायनले यस्तो प्रतिक्रिया दिनुभएको हो । ‘हामीसँग धेरै प्रभावकारी खोपहरू छन् जुन अहिलेसम्म गम्भीर बनाउने र…