काठमाडौं– नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले ताजा जनादेशमा जानुपर्नेमा पुनः जोड दिनुभएको छ । पार्टी कार्यालय थापाथलीमा शुक्रबार दिउँसो पदबहाली गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनले देश नचल्ने भएकाले ताजा जनादेशमा जानुको विकल्प नभएको बताउनुभयो । ‘गठबन्धनले देश चलेको छैन । यो अनियमितता, बेथिति देशले लामो समय थेग्न सक्दैन, छिटोभन्दा छिटो ताजा जनादेशमा…