व्यक्तिको लगानीमा किवीको शीतभण्डारण

सन्दकपुर - सदरमुकाम  इलाममा  करोडौँको शीतभण्डार त्यतिकै लडिरहेका बेला सन्दकपुर गाउँपालिकाका एक व्यक्तिले आफ्नै लगानीमा शीतभण्डार निर्माण गरेका छन् ।  साथीभाइको सहयोग र आफ्नै सीपमा किवी किसान तारामणि खतिवडाले शीतभण्डार बनाएका हुन् । खतिवडाले किवीकै भण्डारणका लागि भवन बनाएका हुन् । आफ्नै बारीमा बनेको शीतभण्डारका लागि करिब एक महिना समय बनाउन लागेको खतिवडाको भनाइ  छ ।…