काठमाडौँ, ८ फागुन - काभ्रेपलाञ्चाककी रोजिना तामाङ खोटाङ पुग्न पाउनु भएको छैन । तर उहाँले सोमबारदेखि काठमाडौँ बबरमहलस्थित नेपाल कला परिषद्मा सञ्चालित चित्रकलामार्फत खोटाङबारे निजकबाट नियाल्न मौका पाउनुभयो । काठमाडौँको एक विद्यालयमा कक्षा–१२ मा अध्ययनरत तामाङ ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’मार्फत राखिएका खोटाङका धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलबारे जानकारी लिनुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यही फागुन…