बिर्तामोड । भद्रपुर नगरपालिकालाई तीन बुँदे माग सहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले ध्यानाकर्षण पत्र बुझाएको छ । अनेरास्ववियु झापाको जिल्लाका १५ वटै पालिकालाई ध्यानाकर्षण गर्ने आइतबारबाट अभियान प्रारम्भ भएको छ । अनेरास्ववियु झापाले आइतबार कनकाई नगरपालिकालाई ध्यानाकार्षण पत्र बुझाउँदै थालनी गरेको उत्तः अभियानलाई निरन्तरता दिँदै आज भद्रपुर नगरपालिकालाई विज्ञप्ति बुझाएको हो…