कोशी प्रदेश सरकारको सय दिन, प्रदेशको नामाकरण महत्वपूर्ण काम

मोहम्मद सदरुल/मनोज दाहाल विराटनगर , ५ वैशाख (रासस) : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सबै राजनीतिक दलहरु मिलेर स्थिर सरकार बनाउन आह्वान गर्दै सरकारले एक सय दिनमा गरेको कामहरु सार्वजनिक गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले प्राप्त गरेका उपलब्धिहरुको विवरण सार्वजनिक गर्नुभएको हो ।…