बिर्तामोड । नेपाल उद्योग तथा व्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको दोस्रो नगर अधिवेशनको तयारी पूरा भएको छ । महासंघले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी दिइएको हो । बिर्तामोडको अतिथि सदनमा भोलि वैशाख ४ गते बिहान ११ बजे प्रतिनिधि सभाका सदस्य तथा महासंघका अध्यक्ष लालप्रसाद (एलपी) साँवाले अधिवेशनको उद्घाटन गर्ने तय भएको…