मकवानपुर – नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता गठबन्धन सरकारका कारण देशमा राजनीतिक र आर्थिक संकट एकैपटक आउन सक्ने खतरा देखिएको बताउनु भएको छ । एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत हेटौंडा उपमहानगरपालिकाले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै महासचिव पोखरेलले सरकारकै कारण देश कर्मचारीलाई तलब खुवाउन समेत वैदेशिक ऋण लिनुपर्ने अवस्थामा पुगेको बताउनु भएको…