काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मतदान नगर्ने भएको छ । राप्रपाको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको हो । फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा मतदान नगरेको राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने भएको हो । राप्रपाबाट प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २८ सांसद छन्…