बिर्तामोड । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले सहारा नेपालले सामाजिक रुपमा गर्दै आएको काम राष्ट्रकै लागि गौरवपूर्ण भएको बताएका छन् । सहारा नेपालले सोमवार झापाको कनकाईस्थित जामुनखाडीमा आयोजना गरेको दशौं विस्तारित भेलालाई सम्बोधन गर्दै मन्त्री गिरीले सहकारीको माध्यमबाट सहाराले प्रभावकारी रुपमा सामाजिक उत्तरदायित्वको काम गरिरहेको बताए । सहकारीहरु सदस्यको आत्मविश्वासले मात्रै प्रगतिको बाटो जाने…