सफाइ श्रमिकको गुनासो : फोहोरको गन्धले होइन, घरधनीको व्यवहारले मन पोल्छ

काठमाडौं । धरान घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३० वर्षीय राजेश गुरागाईँ बिहान ६ बजे फोहोर सङ्कलनका लागि निस्किन्छन् । विगत तीन वर्षदेखि उनको दिनचर्या यसरी नै चलिरहेको छ । बिहान ६ बजे मध्यपुरथिमि–५ राधे राधेस्थित नेप्सेम्याकको कार्यालयमा पुगेर हाजिर गर्‍यो । अनि ट्रयाक्टरमा घरघरबाट फोहोर सङ्कलन गर्न निस्कने । उनी मात्रै होइन, उपत्यकामा…